सप्तकोशीमा ३१ ढोका खुला
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज ९ २०८३
722
SHARES
९ असोज सुनसरी । सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् । त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ । यो उच्च खतराको संकेत हो । बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कोशी परियोजनाका अनुसार पानीको मात्रा बढेसँगै भारतको विहार क्षेत्र पनि जोखिममा परेको छ । नेपालतर्फबाट जति बढी ढोका खोलिन्छ, विहारमा त्यति नै जोखिम बढ्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट