त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३
247
SHARES

२२ आश्विन काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्ष झन्डै ३१ अर्ब बजेट ल्याएको छ।  त्रिविले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको हो।

जुन अघिल्लो वर्षको भन्दा ९.७७ प्रतिशत बढी हो। त्रिविले गत आर्थिक वर्ष २०८२/०८३ का मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट ल्याएको थियो।  आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविले नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको हो।

विगतमा त्रिविले साउनमै बजेट ल्याउने गरेको थियो। तर यो वर्ष सिनेटर नियुक्ति नहुँदा ढिला बजेट आएको हो।कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारको बजेटबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ ।

कुल बजेटको ८६.१४ प्रतिशत सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ हुने प्रक्षेपण गरिएको छ।नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ ।