एकैदिन १३ हजार ३ सयले बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक २० २०८३
323
SHARES
१९ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो। यससँगै आज प्रतितोला सुन २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७५ हजार ६ रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट