पावन बेलामा यहाँ आउन पाउँदा खुशी छु – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०८३
836
SHARES

२८ कार्तिक जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम आइपुगेका छन् विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले पावन अवसरमा जनकपुरधाम आउन पाउँदा खुशी लागेको बताए ।

विश्वभर जनकपुरको छठ पर्वको चर्चा हुने गरेको उल्लेख गर्दै उनले यस पर्वमा सहभागी हुन पाउँदा गौरवान्वित महसुस गरेको बताए ।लामिछाने दिउँसो साढे १२ बजे जनकपुर आइपुग्ने कार्यक्रम तय भए पनि मौसम प्रतिकूलताका कारण उडान ढिलो हुँदा अपराह्न ४ बजे मात्रै आइपुगेका हुन् ।

उनको स्वागतका लागि विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको थियो । बाजागाजासहित उनलाई स्वागत गरिएको थियो । उनी पत्नी निकिता लामिछानेसहित जनकपुर आएका हुन् ।

लामिछाने धनुषामा तीन दिनसम्म रहने र यस अवधिमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।