कुनै राजनीतिक दल चिन्दिनँ’ भनेर सरकारको कामकारबाही चल्छ, तर निर्वाचन चल्दैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०८३
646
SHARES

४ मंसिर काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको भएको बताएका छन्।निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनबारे छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले कुनै पनि राजनीतिक दल चिन्दिनँ भनेर निर्वाचन नहुने बताए।

उनले भने, ‘सरकारले अरू कैयौँ विषयहरूमा म नेपालमा कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्ष चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दै गर्दा अरू बेलामा सरकारको कामकारबाही चल्छ। तर निर्वाचन चल्दैन।’

स्थानीय र प्रदेशको निर्वाचन गराउने विषयमा सरकारले लिने पहलकदमीको बारेमा पनि निर्वाचन आयोगले समयमा ध्यानाकर्षण गराउनुपर्ने बताए।

उनले थपे, ‘सबभन्दा पहिला त सरकारले भन्नुपर्‍यो नि। निर्वाचनका बारेमा यसरी जाऔँ भनेर, आज निर्वाचन आयोगले आफ्नो कुराहरू भन्यो। त्यसपछि दलहरूका बिचमा पनि छलफल होला।’

उनले चुनावको बारेमा सरकारले पहिला आफ्नो धारणा राख्नुपर्ने बताए।उनले थपे, ‘आज कतिले प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ, सुझाव के हो? भन्दै हुनुहुन्थ्यो। माग्दै नमागी सुझाव के दिनु? सुझाव नै माग्नुभएको छैन, त्यसैले केही पनि छैन।’