बडो जुक्ति लगाएर संसद् विघटन गर्नुभयो – अध्यक्ष ओली
५ मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतङ्कपूर्ण आगजनी, तोडफोडबाट सुरु भएको टिप्पणी गरेका छन्।
नेशनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै आफैँ प्रधानन्यायाधीश भएको व्यक्तिले असंवैधानिक कदम चालेको आरोप लगाए।
उनले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा कसले राख्यो थाहा नपाइकन मनपरी तन्त्र चलाइयो। उहाँले पहिलो काम असंवैधानिक ढङ्गले संसद् विघटन गरियो।’
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई डरपोकको संज्ञा दिए।ओलीको कटाक्ष गर्दै भने, ‘राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ?’
सर्वोच्च अदालतले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन हुँदा पनि चुप लागेर बसेको बताए।