सुनसरी घटनाका घाइतेको काठमाडौंमा उपचारका क्रममा मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३
532
SHARES

१९ साउन काठमाडौं ।  सुनसरी घटनाका थप एक जना घाइतेको मृत्यु भएको छ । २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ । यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो । रवीन्द्रको मृत्युसँग आन्दोलनमा मृत्यु हुनेको संख्‍या ४ पुगेको छ ।‌