नारायणगढ-मुग्लिन सडक खुल्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २० २०८३
608
SHARES
२० साउन चितवन । पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
वर्षाका कारण केही दिनयता यो खडकखण्ड प्रभावित हुँदै बएको छ । सडकखण्डका विभिन्न स्थानमा बेलाबेलामा सानो पहिरोसहित ढुंगा खस्ने क्रम जारी छ । मेसिनले पहिरो पन्छाउँदै सवारी साधन सञ्चालनमा ल्याउने गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट