रौतहटको लालबकैयामा बेपत्ता दुईजनाको शव फेला


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
513
SHARES

२७ श्रावण काठमाडौं । रौतहटको लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई बालबालिकाको मृत्यु भएको छ । एक बालक  बेपत्ता छन् ।गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा मंगलबार करुनिया बस्ने करमे आलमका १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन डुबेर बेपत्ता भएका थिए ।

आज बिहान साढे ७ बजे महमद रमतुलाह घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

सोही समय र स्थानमा सबनम खातुन पनि मृत अवस्थामा फेला परेकी थिइन् । दुवैको शव करिब २०० मिटरको दूरीमा फेला परेको प्रहरीले बताएको छ ।  बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी छ ।