प्रहरी माइकिङ– माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र १२ २०८३
760
SHARES
१२ भदौ काठमाडौं । नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ ।रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो ।
“फेरि बाढी आएको सूचना आएको छ । नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला,” प्रहरीले नुवाकोटको विदुरमा माइकिङ गर्दै भनेको छ ।
भदौ १० गते भोटेकोसी नदीमा अचानक बाढी आउँदा रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट