प्रधानमन्त्री कार्यालयले भन्यो- झण्डै १५ हजार मानिस अझै बेपत्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०८३
1.4K
SHARES

१४ भदौ काठमाडौ । नेपाल सरकारले १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ। प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बेपत्ता भएको उल्लेख गरेको छ।

1-1788064702.JPG
हालसम्म २ हजार ४ सय ७३ जना मानिस फेला परेको जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ४ सय १३ जना मानिस सम्पर्कविहीन भएको उक्त पोर्टलमा उल्लेख छ।

हराएका मानिसहरूमध्ये १८ वर्ष मुनिका बालबालिका ६२७ जना र ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३६९ जना रहेका छन्।