सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३
1.6K
SHARES

२० भदौ काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

माथिल्लो त्रिशूली-१ मा जलविद्युत् आयोजनाको २२५ मिटर सुरुङभित्रबाट नेपाली सेना र विदेशीसहितको संयुक्त उद्धार टोलीले एक जना चिनियाँ नागरिक Luhaitao को जीवितै उद्धार गरेको हाे।

उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदै छ। बाढी गएको ११ औँ दिनमा उद्धार गरिएको हो।