बुटवलका विद्यालयमा दुई दिन पठनपाठन बन्द


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
570
SHARES

८ असोज बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

यही असोज ८ गते दिवासत्रका कक्षा बन्द गरिनेछ । असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने नगरप्रमुखस्तरीय निर्णय छ । विपद्को जोखिमलाई ध्यानमा राखी विद्यार्थीको सुरक्षाका निम्ति पठनपाठन स्थगन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले अभिभावक तथा विद्यालय परिवारलाई बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।