आज सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २१ २०८३
114
SHARES
२० कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो। यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट