राष्ट्रपतिद्वारा गाईपुजन


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०८३
1.1K
SHARES

२३ कार्तिक काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गरेका छन् ।

उनले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गरेका हुन् । उनले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए ।

तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।