ममाथि आक्रमण गर्नेलाई चुनावमा टिकट दिए – पूर्व सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०८३
551
SHARES

५ मंसिर काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्नको लागि गगन थापाले विशेष महाधिवेशन गरेको आरोप लगाएका छन्। इतर पक्षको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै आफूमाथि आक्रमण गर्नेलाई नै चुनावमा टिकट दिइएको दाबी गरे।

उनले जेनजी आन्दोलन सम्झिँदै भने, ‘यो काल आउनुपर्छ नत्र मरिन्न भन्ने कुरामा मलाई विश्वास छ। मेरो श्रीमती आरजु र मलाई मार्ने हिसाबको अवस्था थियो। अझैसम्म घाउ छ। सेनाले बल्लतल्ल  लगेर उपचारपछि बाँच्यौँ।’

उनले जेनजीहरूले आफूमाथि आक्रमण हुँदा बचाएको फोटो भिडिओमा देखिएको बताए।  देउवाले थपे, ‘तर जेनजीको नाममा ५० वर्ष माथिकाले हामीलाई आक्रमण गरे। पिटे, ढुङ्गाले हाने। त्यहाँ धेरै ठूलो षड्यन्त्र थियो। तैपनि चिन्ता नमान्ने केही साथीहरू देख्छु। अब शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्ने र मलाई झन्डै मार्ने मान्छेलाई पनि टिकट दिइयो। कुरा स्पष्ट भइसक्यो।’

पार्टीलाई षड्यन्त्रपूर्वक कब्जा गर्ने हिसाबले विशेष महाधिवेशन भएकाले आफू न्यायको लागि अदालत गएको समेत बताए।