प्रधानमन्त्री वालेन्द्रद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८३
323
SHARES

७ मंसिर काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सो क्रममा शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।