निर्वाचन आयोगले गर्यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
९ मंसिर काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।आज अद्यावधिक गरेर आफूहरूले पत्र दिएको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले बताए।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो। विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कार्यसमितिले गरेको १५ औँ महाधिवेशनलाई नै आयोगले स्वीकार गरेको हो। पूर्वसभापति शेरबहादुर देउवा समूहले आफूहरूले मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै आयोगमा कार्यतालिकासहितको पत्र बुझाएको थियो। तर, आयोगले गगनलाई नै मान्यता दिने यसअघिको निर्णयको निरन्तरता दिएको छ। यद्यपि, कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ।