नेविसंघ माघ १० गतेसम्म यथावत
२ माघ काठमाडौँ। काँग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका यथावत राखेको छ । विधान तह आज (बुधबार) रातिबाट नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति स्वतः विघटन हुन्छ । तर, पार्टीले नेविसंघबारे अर्को निर्णय नहुँदासम्म नेतृत्वविहिन हुन नमिल्ने भन्दै माघ १० गतेसम्मका लागि यथावत राखेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
‘नेविसंघबारे अर्को निर्णय नहुँदासम्म नेतृत्वविहिन हुन मिल्दैन । नेविसंघ अर्को टुंगो नहुँदासम्म केन्द्रीय कार्य समितिविहीन पनि हुन मिल्दैन । त्यसकारण हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’गत भदौ २ गते वर्तमान कार्यसमितिको कार्यकाल समाप्त पनि विधानतह नेविसंघको कार्यकाल ३ महनिा थप गरिएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते काँग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गते सम्मका लागि थप गरेको थियो ।