बिरामी विद्यार्थी निको पर्ने भन्दै विद्यालयमा बोकाको बलि


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ९ २०७५
4.7K
SHARES

९ फाल्गुन रोल्पा ।बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।   विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे । पाँच / सातजना हुँदै दर्जनभन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए । यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन् ।

दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पा सदरमुकाम लिवाङछेउमा रहेको पिताराज आधारभुत विद्यालयमा दोस्रोपटक धामी बलालिएको हो ।‘अभिभावकहरुले नै स्कुलमै धामी बसाल्नुभएको हो । जति गर्दा पनि भएन आज त कालो बोकासहित धामी बसेका हुन्,’ विद्यालयकी प्राधानाध्यापक लीला आचार्यले बताइन् ।