सामसुङले ६ वटा क्यामरा भएको फोल्ड हुने स्मार्टफोन ल्यायो
१० फाल्गुन एजेन्सी । सामसुङले फोनको दुनियामा एक नयाँ प्रविधि लिएर आएको छ । उसले पहिलो पटक फोल्ड हुने अर्थात मोडिने फोन ‘सामसुङ ग्यालेक्सी फोल्ड’ सार्वजनिक गरेको छ ।यस फोनलाई किताबजस्तै फोल्ड गर्न सकिने छ । यो सामसुङको पहिलो फोल्डिङ फोन हो । सन् २००९ देखि सामसुङले फोनको उत्पादन सुरुवात गरेको थियो ।
सामसुङले भनेको छ, ‘आफ्नो पहिलो फोन बनाएको १० वर्षपछि आफ्ना नयाँ फोनको साथ हामीले फोनको आकारमात्र होइन भविष्य पनि परिवर्तन गराएका छौं ।’सामसुङको यस ग्यालेक्सी फोल्ड फोन अप्रिल महिनाभित्र विश्व बजारमा गइसक्ने जनाइएको छ । पेन्सिल बक्स जस्तो देखिने यस फोन पुरा खोल्दा ७ दशमलब ३ इन्चको हुन्छ । यसको मतलब फोल्डहुँदा मोबाइल फोन बन्छ भने पुरा किताबजस्तो खोल्दा ट्याबलेट जस्तो हुन्छ।