रुकुम पश्चिममा कर्णाली प्रदेश स्तरिय बृहत सांस्कृतिक सम्मेलन सुरु
२४चैत काठमाडौं। आइतबारबाट रुकुम पश्चिममा कर्णाली प्रदेश स्तरिय बृहत सांस्कृतिक सम्मेलन सुरु भएको छ । बृहत सांस्कृतिक सम्मेलनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् ।कर्णाली प्रदेशका लोपउन्मुख कला, संस्कृति, भेषभुषा तथा बाजागाजाको संरक्षण एवं प्रर्बद्धन गर्ने मुख्य उद्धेश्यले आयोजना गरिएको सो सम्मेलनमा मुख्यमन्त्री शाही लगायत पूर्वमन्त्री जनार्दन शर्मा, राष्ट्रिय सभाका सदस्य ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्यायी समिती सदस्य मणि थापा, कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री बिमला के।सी,जनवादी गायक जीवन शर्मा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरु सहित सामुहिक नाच नाचेर कार्यक्रम उद्घाटन भएको हो ।
रुकुम पश्चिमका रहेका मौलिक संस्कृतिको संरक्षण गर्ने, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन टेवा पुर्याउने, स्थानीय उत्पादित बस्तुलाई बजारीकरण गर्ने लगायतका उद्देश्य राखेर बृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको जिल्ला समन्वय समिती रुकुम पश्चिमले जनाएको छ ।