कृषि मन्त्री खनाललाई डेंगुको संक्रमण


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०७६
11.3K
SHARES

१९ भदौ, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो ।