नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली बीच बालुवाटारमा भेटघाट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०७६
7.9K
SHARES

२० भदौ काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर शुक्रबार फर्किए भएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार गएका हुन् ।

सो अवसरमा उनहरुबीच समसामायिक राजनीतिक विषय छलफल भएको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गराएका थिए । प्रधानमन्त्री ओली गत भदौं ५ गते सिङ्गापुरबाट उपचार गराएर आज स्वदेश फर्किएका हुन् ।