यूनिफाईड बचत तथा ऋण सहकारी सस्थाको आठौ साधारण सभा संम्पन
४ असोज काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १६ नयाँबजार स्थित मुख्य कार्यालय राखी काठमाण्डौकै कुलेशोर र् बिसाल बजारबाट सेवा सेन्टरहरु स्थापना गरि झन्डै ५००० भन्दा बढी शेयर सद्सयलाई सेवा प्रदान गर्दै आएको सहकारी मूल्य मान्यता अनुसार स्थापित युवा तथा शिक्षित् व्यक्तिहरुले नेतृत्व गरिराखेको यूनिफाईड सकोसले भुमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रि मा. पद्माकुमारी अर्यालको प्रमुख आतिथ्य तथा युवा बैकर मनोज ज्ञवालीको विशेष आतिथ्यका साथै अर्थ क्षेत्रका विभिन्न व्यक्ति तथा आफ्ना शेयर सद्सयहरुको उपस्थितिमा आफ्नो आठौ वार्षिक साधारण सभा काठमाडौँको बल्खु स्थित सिद्धि गणेश पार्टी भेन्युमा सम्पन्न गरेको छ ।
साधारण सभामा बोल्ने अतिथि तथा प्रमुख अतिथिहरुले युवा उधमी जीवन चलाउनेको नेतृत्वमा रहेको यस सस्थासंग राष्ट्र र उधमीहरुका धेरै अपेक्षा र आशा रहेको कुरा उल्लेख गरेका छन् । मन्त्रि अर्यालले आफुले यस सस्थाको लगानीलाई व्यवासायिक क्षेत्रमा मात्र नभई उत्पादानका क्षेत्रमा रहेको आफनो लगानीलाई अझै बढाएको हेर्न चाएको बताईन । साथै उनले यस्ता सहकारी सस्थाहरुबाट देशको आर्थिक मेरुदण्ड बलियो हुदै गएको कुरा पनि उल्लेख गरिन ।
कार्यक्रमको समापन सभामा बोल्दै उदयमान युवा उधोगपति तथा सस्थाका अध्यक्ष जीवन चलाउनेले आज भन्दा ८ वर्ष पहिले देखि संचालन हुदै आएको यस सस्थाको अहिलेको लगानी र शेयर सद्सयहरुका साथै कर्मचारीहरुको सस्था प्रतिको बफादारिता देखेर आफै अचम्मित भएको कुरा व्यक्त गरेका थिए। उनले आफ्नो ८० प्रतिशत समय यस सस्थालाई दिदै गरेकोमा अझै आफनो समय लाई यस सस्था प्रति दत्त चित्त भएर दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
करिब ५००० शेयर सदस्य १०० भन्दा बढी कर्मचारी रहेको यस सस्थाको पूजी २ करोड २६ लाख कर्जा २६ करोड ६६ लाख,रहेकोमा खराब कर्जा शुन्य रहेको छ ।
सस्थाले अघिल्लो आर्थिक वर्षमा ७८ लाख कमाएकोमा आउदो आर्थिक वर्षमा १ करोड ४० लाख नाफा आर्जन गर्ने अपेक्षा गरेको छ। सस्थाले बिगतका वर्षहरुमा झैँ गर्दै आएको सामाजिक कार्यहरु लाई अबका वर्षहरुमा अझै बढावा दिने कुरामा समेत प्रतिबद्धता व्यक्त गरेको छ ।