प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
२५ चैत्र काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न गरेका प्रयासहरुको प्रशंसा गर्दै स्वास्थमा शीघ्र सुधारको कामना गरेका छन् ।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोन्सन दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका थिए ।