सरकार !!! बिदेशी भुमिमा रहेका नेपलीलाई फिर्ता ल्याउ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
24.8K
SHARES

२७ बैशाख काठमाडौँ ।देशमा ठुला ठुला राजनीतिक परिवर्तनका आन्दोलनहरु भए र देशको व्यवस्था पनि परिवर्तन भयो तथापि देशमा गरिब र गरिखाने बर्गका समस्यामा कुनै परिवर्तन आयन। जसको परिणाम स्वरुप नेपालीको उत्पादनशिल जनशक्ति बिदेश पलायन हुन बाध्य भयो र अहिले देशका ठुला ठुला राजनीतिक परिवर्तनका आन्दोलनको ठूलो हिस्सा बनेको एक तप्का आफ्नो जिविकोपार्जनको लागि बिश्वका विभिन्न मुलुकमा छन। अहिले बिश्वनै कोरोना भाइरस (COVID 19) को माहामारीले ग्रस्त भएको बेला प्रवासमा रहेका धेरै नेपाली दाजुभाइले आफ्नो रोजगारी समेत गुमाई आफ्नो गाँस बाँस समेत गुमाई पिडामा रहेको खबर हामिले सामाजिक सन्जाल र विभिन्न सञ्चार माध्यममा देखिरहेका र सुनिरहेका छौ।

विशेष गरि भारत र खाडी मुलुकमा कामदारको रुपमा काम गरिरहेका नेपाली दाजुभाइहरु ठूलो समस्या र पिडामा परेका छन। विश्वका विभिन्न मुलुकले अन्य देशमा रहेका आफ्ना नागरिकलाई आफ्नो मुलुक फिर्ता लियर गएका थुप्रै दृष्टान्त हामिले देखीरहेका छौ ।हाम्रै छिमेकी मुलुक भुटानले नेपालमा रहेका ३ जना आफ्ना नागरिकलाई लियर गएको खबर पनि हामिले यति चाडै बिर्सेका छैनौं ।भारतमा चौकादारी गर्ने, मजदुरी गर्ने, बिध्यार्थी, औषधि उपचारको लागि गएका र अन्य पेशामा रहि बेरोजगार रहेका नागरिकलाई खान र बस्न समेत अप्ठ्यारो परिरहेको खबर हामिले सुनिरहेका छौ त्यस्तै खाडी मुलुकमा रोजगारी गुमाई समस्यामा परेका नागरिकको पिडाका पनि अनगिन्ती कथाहरु छन ।

कतिपय नेपाली दाजुभाइहरु भारतका विभिन्न राज्यबाट पैदल नै नेपालका लागि हिडेको खबर पनि सञ्चार माध्यममा आएका छन। त्यो बिषय अझै नेपाल सरकार जिम्मेवार र गम्भीर भएको कहिँ कतै देखिदैन । अब कति पनि बिलम्ब नगरी नेपाल सरकारले भारत सरकार र अन्य मुलुकको सरकार सङ्ग कुटनैतिक पहल मार्फत आफ्ना सम्पुर्ण संयन्त्रलाई कृयाशिल बनायर नेपाल ल्याउनै पर्छ। बिशेष गरि भारतमा कति र कुन ठाउँमा कतिको संख्यामा नेपाली नागरिक छन भन्ने एकिन तथ्यांक नेपाल सरकार सङ्ग छैन। त्यसको लागि नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तह सङ्ग यथासिघ्र समन्वय गरि तथ्यांक निकाल्न सक्छ। अन्य मुलुकको हकमा नेपाल सरकार सङ्ग यकिन तथ्यांक भएको हुदा त्यति समस्या नपर्ला। तथ्यांक निकाली सके पछि सम्बन्धित देशको सरकार सङ्ग समन्वय गरि समबन्धित देशमा रहेका नेपाली दूतावास मार्फत समस्यामा परेका नागरिकको पहिचान गरि नेपाल सम्म ल्याउन सम्भव छ र त्यो यथाशीघ्र नेपाल सरकारले गरोस्। तथापि अहिलेको सरकार यो विषयमा कानमा तेल हाले झै गरि निदाएको छ।

यदि यो समस्यालाई सरकारले प्राथमिकता र गम्भीरताका साथ लिएन भने त्यसबाट सृजना हुनसक्ने परिणामको जिम्मेवार पनि यो सरकार हुनेछ । जहाँ सम्म बिदेशमा रहेका दाजुभाइलाई नेपाल भित्राउदा कोरोना पनि भित्रीने सम्भावनाको कुरो छ त्यसको लागि प्रदेश सरकार र स्थानीय तहले आफ्नो आफ्नो क्षेत्रमा WHO को मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउन पर्छ जसको लागी तिनै तहका सरकारले आफ्नो सम्पुर्ण संयन्त्रलाई कृयाशिल गराई कार्य थाल्यो भने पनि छोटो समयमा यो काम गर्न सम्भव छ। अन्त्यमा, प्रवासबाट फर्कने दाजुभाइहरुमा कोरोना फ़ैलिने त्रास मात्र होइन अहिलेको अवस्थामा देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने एउटा अवसर र सम्भावना पनि भित्रीने छ। कोरोनाको माहामारी र लक्डाउनको प्रभावले नेपाल मात्र होइन बिश्वको अर्थतन्त्रलाई पनि ठूलो क्षती पुग्ने निश्चित छ। अब आउने देशको बजेटमा कृषी र अन्य उत्पादनमुलक क्षेत्रमा केन्द्रीत गर्नको विकल्प नरहेको अवस्थामा नेपाल सरकारले त्यो उत्पादनशिल जनशक्तिलाई कृषि तथा अन्य उत्पादनमुलक क्षेत्रमा जोड्न सक्ने यो ठूलो अवसर हो। देशमा दक्ष जनशक्तिको अभाव रहेको बेला बिदेश बाट सीप सिकेर आयका दक्ष कामदारले आफ्नो दक्षता अनुसारको काम गरि देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने छ।

तसर्थ , चुनावको बेला मात्र जनताको खाचो पर्ने नेतालाई अब आफ्नो गुन तिर्ने बेला भएको छ। प्रवासमा रहनु भएका दाजुभाइलाई अहिले आफ्नो सरकारको आवस्यकता र खाचो महसुस भएको छ। अब प्रवासमा रहेका दाजुभाइलाई नेपालमै बस्ने बतावरण बनाउन नसकेर पलायन गराय पनि यथाशीघ्र यो पिडाको घडीमा उहाँहरुलाई स्वदेश फिर्ता ल्याउनको अर्को बिकल्प छैन। सरकारले जतिसक्दो चाडो प्रवासमा पिडादायी अवस्थामा रहेका सम्पुर्ण दाजुभाइलाई फिर्ता ल्याउन पर्छ। देशको परिवर्तनका आन्दोलनका हिस्सेदारलाई अफ्ट्यारोमा परेका बेला सरकारले केही गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्ने बेला भएको छ। सरकार चाडै निन्द्रा बाट ब्युझियोस। भगवान पशुपतिनाथले सबैको रक्षा गरुन् ।-सुरेन्द्र सोडारी