उसले बाहिरी मुलुकबाट आउन सक्ने दबाबलाई रोक्नका लागि सैन्य बलको क्षमता र आधुनिकीकरण गर्ने योजना अगाडि सारेको बताएको छ । हालै बसेको चिनियाँ कम्युनिष्ट पार्टीको एक वैठकले सो योजना अनुमोदन गरेको छ ।
पछिल्लो अन्तर्राष्ट्रिय अनिश्चितता र जोखिम बढ्दो क्रममा रहेको अवस्थामा चीनले रणनीतिक योजनालाई निरन्तर अघि बढाउनुपर्ने बैठकको निष्कर्ष छ । यो बैठकमा १४ औं पञ्चवर्षीय योजना र सन् २०३५ सम्मको विकास लक्ष्यको विषयमा पनि छलफल भएको थियो ।