महान् फुटबलर डिएगो म्याराडोनाको निधन


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७
6K
SHARES

११ मंसिर काठमाडौं। महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएको जनाइएको छ। उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो।

अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए। उक्त विश्वकपमा इङ्ल्यान्डविरुद्घको खेलमा उनले गरेको गोललाई सायदै विश्व फुटबलले कहिल्यै भुल्न सक्ला। म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले उक्त विश्वकप जितेको थियो।उनले इङ्ल्यान्डविरुद्घको क्वार्टरफाइनल खेलमा हातले गोल गरेका थिए। यद्यपि, उक्त गोल म्याराडोनाको हातबाट भएको थियो भन्ने रेफ्रीले पत्तो पाउन सकेनन्। त्यसको रहस्य खुलेपछि म्याराडोनाले उक्त गोललाई ‘भगवान्को हातबाट भएको गोल’को संज्ञा दिएका थिए।