काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा थापा


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ७ २०७७
5.6K
SHARES

७ माघ काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रा.डा. भोला थापालाई नियुक्त गरेका हुन्।

विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको समितिले डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

दुई जनालाई पछि पार्दै थापा उपकुलपतिमा नियुक्त भएका हुन्। नवनियुक्त उपकुलपति थापा काठमाडौं विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। यसअघि उनले विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी समेत सम्हालि सकेका छन्।