वागमती र बक्सिङ संघबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
11.8K
SHARES

२२ फागुन काठमाडौं । वागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिमका लागि सम्झौता भएको छ। वागमती खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार तालिममा प्राविधिक सहयोग नेपाल बक्सिङ संघको रहनेछ भने वागमती खेलकुद परिषद्ले नेपाल बक्सिङ संघलाई तालिम सञ्चालनका लागि ६ लाख रुपैयाँ उपलब्ध गराउनेछ।

नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले बक्सिङलाई अझ विकास गर्न प्रशिक्षक तालिम गर्न लागेको जानरीका दिएका छन। चैत २६ गतेदेखि काभ्रेमा सुरु हुने तालिममा ३० प्रशिक्षकको सहभागी रहनेछन्।