नेपाललाई उपाधि, बंगलादेश २-१ गोल अन्तरले पराजित


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७
5.8K
SHARES

१६ चैत काठमाण्डौ । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई-एक ले हराएको हो ।

नेपालका लागि संजोक राईलले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरि नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। संजोक राईलाई आजको खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।

बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन्।