टोकियो ओलम्पिक : जुडोकी सोनिया पहिलो खेलमै पराजित


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ९ २०७८
3.3K
SHARES

९ साउन काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक-२०२० मा पहिलो खेलमै पराजित भएकी छिन् ।
ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनासँग सोनिया इप्पोनको आधारमा पराजित भइन् । सोनिया १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा टिकिन् ।

यदी इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रिपेचमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् । १९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।