रियल रेन्जर्ससँग पराजित


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
3.9K
SHARES

११ साउन काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल स्कटिस क्लब रेन्जर्ससँग २–१ ले पराजित भएको हो ।

आइब्रोक्स स्टेडियममा रियलले सुरुवाती अग्रता बनाएको थियो । आफूले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा फािशन साकलाले गोल गर्दै रेन्जर्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २–१ को जित दिलाए ।