ब्रेथवेट र मलिकले ईपीएल खेल्ने पक्का


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
6.3K
SHARES

२५ साउन काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानी ब्याट्सम्यान शोएब मलिक नेपाल आउने भएका छन् ।

आयोजक ईपीएल क्रिकेटले सोमबार ब्रेथवेट र मलिकले ईपीएल खेल्ने जनाएको छ । तर, आयोजकले उनीहरू खेल्ने टिमबारे केही बताएको छैन ।ईपीएलका एमडी आमिर अक्तरले दुवै खेलाडी नेपाल आउने बताएको हो । तर, उनीहरूको टिम भने स्वयम क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराउने छ ।

ब्रेथवेटले वेस्ट इन्डिजबाट टि–ट्वान्टी विश्वकप जितिसकेका छन् । पूर्व कप्तान मलिक टी–ट्वान्टीमा पाकिस्तानका अनुभवी र सफल खेलाडी हुन् ।

चौँथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।