फुटबल खेलाडी मुलरको निधन


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
5.6K
SHARES

३१ साउन काठमाडौं । जर्मनीका लेजेण्ड फुटबलर गर्ड मुलरको निधन भएको छ । मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनी आबद्ध फुटबल क्लब बायर्न म्युनिखले जनाएको छ ।

मुलरले बायर्नका लागि सबैखाले गरेर ६०७ खेलमा ५६६ गोल गरेका थिए । यस्तै बुन्डेसलिगामा कीर्तिमानी ३६५ गोल गरेका थिए । मुलरले राष्ट्रिय टिमका लागि ६२ खेलमा ६८ गोल गरेका थिए ।

उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए । विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस् विरुद्ध निर्णयक गोल गरेका थिए ।

फुटबल खेलाडी जीवनबाट सन्यास लिएपछि पनि उनी लामो समय बायर्नको युथ टिमको कोचको भूमिकामा थिए ।