आज नेपाली क्रिकेट टोली ओमान जाँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
6.9K
SHARES

८ भदौ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दै छ।

ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली ओमान जान लागेको हो। नेपाली टोली आज बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। टोलीमा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका छन्। उनलाई मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीमा स्थान दिइएको हो।