पपुवा न्युगिनीमाथि नेपालको २ विकेटको जीत
२२ भदौ काछमाडौ । ओमनमा भएको एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगीनीलाई पराजीत गरेको छ । नेपालले शुरुमै उत्कृष्ट बलिङ गर्दै ३३ ओभरमा न्युगिनीलाई अलआउट गर्दा उसले जम्मा १३४ रन बनाएको थियो ।
त्यसपछि जवाफी व्याटीङमा उत्रिएको नेपालले ७ विकेट गुमाएर ३९ औँ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो लक्ष्य पूरा गरेको थियो । शुरुवातमा राम्रो ब्याटीङ गरेको नेपालको पारी मध्यमक्रममा निकै कमजोर भएको थियो । तर रोहित कुमार पौडेल र सोमपाल कामीको पारीले नेपाललाई जीत तर्फ डोर्याएको थियो । पौडेलले नेपाली टोलीबाट सर्वाधिक ४१ रन बटुले । ओपनर आसिफ शैखले ३० रन बनाए भने सोमपालले अबिजीत २२ रन जोडे । कुसल भुर्तेल १५, आरिफ शेख ९, कप्तान ज्ञानेन्द्र मल्ल ६, शरद भेस्वाकर ६ रन बनाउन सफल रहे पनि कुसल मल्लले जम्मा एक रन बनाउदा पवन सर्राफले खाता नै खोल्न सकेनन् ।
पपुवा न्युगिनीका लेगा सेईकाले सर्वाधिक ३० रन जोडे ।
नेपालका लागि सन्दीप लामीछानेले सर्वाधीक ४ विकेट लिए । कुसल मल्ल र विक्रम सोबले समान दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिएका थिए ।
नेपालले अब अमेरीका र ओमनसँग त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेल्ने छ । पपुवा न्युगीनीसँग थप एक एक दिवसीय खेल पनि नेपालले खेल्ने छ ।