अमेरीका बिरुद्ध नेपालको शानदार जीत


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८
5K
SHARES

२९ भदौ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरीका बिरुद्ध नेपालले शानदार जीत निकालेको छ । २३१ रनको चुनौती पछ्याएको नेपालले ५ विकेटकोे जीत निकालेको हो । नेपालले एक ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो । उत्कृष्ट शुरुवात गरेको नेपालका ओपनर कुसल भुर्तेलले ८४ रन जोडे । रोहित पौडेलले ६२ रन बनाएर अविजीत रहे । उनले तीन छक्का र दुई चौका प्रहार गरे । विनोद भण्डारीले ३७ रन बटुले । ओपनर शेख २३ रनमा आउट भए । त्यससपछि कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । कुसल मल्ल १ रनमै आउट भए । करण केसी एक रनमा अविजीत रहे ।

मोनान्क पटेलले नेपाल बिरुद्ध शतक बनाए । नेपालका लागि सन्दीप लामिछाने २, विक्रम सोब २, सुसन भारी २ तथा कुसल मल्लले एक विकेट लिए । नेपालले भोली ओमनसँग प्रतिस्पर्धा गर्ने छ ।

लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।

आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ५ खेलमा ६ अंक बटुल्न सफल भएको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । यसै लिगको तयारीका लागि नेपालले ओमनमा पपुवा न्युगिनीसँग भएको दुवै खेल जीतेको थियो ।