हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८
3.7K
SHARES

७ असोज काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले हैदरावादलाई ८ विकेटले हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको १३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

दिल्लीका लागि श्रेयस यैरले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै शिखर धावनले ४२ रन बनाउँदा रिशव पन्तले ३४ रन बनाए । बलिङतर्फ हैदरावादका लागि राशिद खान र कलेल अहमदले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

हैदरावादका लागि अब्दुल सहमदले सर्वाधिक २८ रन जाडे । त्यस्तै रासिद खानले २२ रन जोड्दा रिद्धिमान शाहले १८ तथा मनिस पाण्डेले १७ रन बनाए । बलिङतर्फ दिल्लीका लागि अरिच नोर्टे र अक्षर पटेलले समान दुई–दुई विकेट लिए । दिल्लीका ३ खेलाडी रन आउट भएका थिए ।

जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेर तालिको शीर्ष स्थानमा उक्लिएको छ । पराजित हैदरावाद २ अंकसँगै तालिकाको पुछारमा छ ।