माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १५ २०७८
5.1K
SHARES

१५ असोज काठमाडौं । वैकल्पिक खेलाडी मनिष डाँगीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोलमा नेपालले साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले हराएको छ ।

शुक्रबार राति शुक्रबार राति मालेको नेशनल रंगशालामा भएको खेलको अन्तिम समयमा मनिष डाँगीले काउन्टर अट्याकमा गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । मनिष ८०औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यसअघि दुई टोलीबीच अहिलेसम्म सात खेलमा प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये माल्दिभ्सले पाँच जितेको छ भने दुई बराबरीमा टुंगेको थियो ।

जितसँगै नेपालले तीन अङ्क जोडेको छ । प्रतियोगितामा बंगलादेशले पनि तीन अङ्क जोडेको छ । बंगलादेशले पनि आज श्रीलंकालाई १–० ले नै पराजित गरेको थियो ।