नेपाल इन्डोनेसियासँग पराजित


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ६ २०७८
15K
SHARES

६ कात्तिक काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू–२३ टोली इण्डोनेसियाको यू–२३ टोलीसँग २ शुन्य गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’ मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।