‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहले जिते
१३ कात्तिक काठमाडौं । आज नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।
साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो ।
बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।