भारत र दक्षिण अफ्रिकाबीचको टेष्ट वर्षाले प्रभावित
१२ पुस काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच पहिलो टेष्टको दोस्रो दिनको खेल वर्षाले प्रभावित भएको छ । सेन्चुरियनस्थित सुपर स्पोर्ट्स पार्कमा पहिलो दिन भारतले पकड जमाएको थियो । तर, वर्षाका कारण दोस्रो दिनको खेल सुरु हुन सकेको छैन । पहिलो दिन सकिँदा भ्रमणकारी भारत २७२/३ को स्थितिमा छ ।
भारतका ओपनर केएल राहुल १२२ र अजिन्क्या रहाने ४० रन बनाएर क्रिजमा छन् । चेतेश्वर पुजरा शून्यमा आउट हुँदा मयांक अग्रवाल ६० र कप्तान विराट कोहली ३५ रन बनाएर पवेलियन फर्किए । दक्षिण अफ्रिकाका लुनगी एनगीडीले तीन विकेट लिएका थिए ।