नेपाली महिला भलिबल टोली च्याम्पियन


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १३ २०७८
7.7K
SHARES

१३ पुस काठमाडौं । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।

मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ ले हरायो ।

पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । नेपालले १८–१८ को बराबरी गर्‍यो । त्यसपछि रोमाञ्चक बनेको सेटमा नेपालले २६–२४ को स्कोरमा नतिजा आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुबाटै अग्रता लिएको थियो । एक समय २१–१६ को स्थिति थियो । त्यसपछि २३–१९ को स्थितिमा उज्वेकिस्तानले रातो कार्डको सामना गरेपछि नेपालले एक अंक बोनस पाएको थियो । सर्भिस नेपालको पक्षमा आएको थियो । २३–२० को स्थितिबाट नेपालले लगातार अंक जोड्दै २३–२३ को स्थिति बनायो । तर, दोस्रो सेटमा नेपाल २६–२४ ले पराजित भ