प्रथम जीमी कप सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ३ २०७८
9.6K
SHARES

३ चैत काठमाडौ । प्रथम जीमी कप २०७८ सम्पन्न भएको छ । काठमाडौको ढुकु फुटसलमा एचआईडिसियका डिपुटि सिईओ मुक्तिबोद न्यौपाने उद्घाटन गर्दै अब आगामी वर्षहरूमा पनि यस कपलाई निरन्तरता दिने बताएका छन । चैत २ र ३ गते भएको फुटसल प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।

आज फाईनल खेल यूनिफाईड र जीमी बीच भएको थियो । तेस्रो स्थान बडिमालिका FC , दोस्रो स्थान जीमी 5 star र प्रथम स्थान यूनिफाईडले प्राप्त गरेको छ । आज समापन कार्यक्रममा पुरस्कार वितरण गर्दै जीमी ग्रुपका कार्यकारी जीवन चलाउनेले हामीले यस वर्षबाट सुरूवात गरेको र आगामी वर्षहरूमा पनि गर्दै लैजाने बताएका छन ।

यस्तै खेलको बेस्ट प्यलेयर र बेस्ट स्कोर सरोज निरौला , बेस्ट किप्पर टेकेन्द्र चलाउनेले प्राप्त गरेका थिए । प्रथम , दीतीय , र तीतृय हुनेहरूलाई ४१०००, २१००० र ११००० सहित प्रमाण पत्र र मेडल जीबन चलाउनेले वितरण गरेका थिए ।