सन्दीपसँग मेरो कुनै विवाद छैन – भण्डारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
6.6K
SHARES

१५ चैत काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विनोद भण्डारीबीच मैदानमा हात मिलाउन खोज्दा मिलाउन नमानेको विषयमा सामाजिक सञ्जालमा चर्चा भयो।

तर, सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मैदानमा दुई खेलाडीबीच केही नभएको विनोद भण्डारी बताउँछन्। भिडियोलाई बङ्ग्याएर सामाजिक सञ्जालमा पोष्ट गरेको उनले बताए।

सन्दीप र विनोदबीच मैदानमा भएको वास्तविकता विनोदले भने, सन्दीपले ओभर सकिएपछि आफ्नो क्याप माग्नलाई हात अगाडि बढाएको र क्याप म सँग नभएर अर्को खेलाडीसँग थियो, त्यसैले मैले म सँग होइन भनेर आफ्नो पोजिसनमा जान लागेको हो अर्को पटक बलिङ चेन्ज गर्ने वा नगर्ने भन्ने विषयमा सल्लाह गर्न सन्दीप आएको र मैले यही ठिक हुँदैछ भन्दै आफ्नो पोजिसनमा फर्किएको हुँ।’