पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राई पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०
2.5K
SHARES

१९ वैशाख काठमाडौं। पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी बताएको हो। राईविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो।

भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ। नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए।