सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
3.1K
SHARES

२२ भदौ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई गए राति पक्राउ गरिएको हो । सर्राफ सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत हुन् ।

राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।