अग्रज नेतृत्वले देखाएको राजनीति बाटोलाई नयाँ प्रयोग गर्दै जाउँ ।


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १२ २०८१
6.6K
SHARES

रेशम अधिकारी ,
१२ माघ काठमाडौ ।  अखिल( क्रान्तिकारी ) २३ औं राष्ट्रिय सम्मेलन लाई हामी इतिहासिक कोणबाट र राजनीति संगठन पद्धति लाई जिवित बनाउने एउटा महत्त्वपूर्ण कार्यभार सप्पन्न गर्न गइरहेको सबैलाई जगजाहेर छ। नेपाली राज्य सत्ता परिवर्तनमा अखिल क्रान्तिकारी को युगान्तकारी बलिदानि पुर्ण इतिहास नेपाल राजनीतिमा दर्जा भएको छ हाम्रो अग्रज नेतृत्वले देखाएको राजनीति संगठनिक बाटोलाई नयाँ प्रयोग गर्दै आज वर्तमान परिस्थितिमा बदलिएको छ ।

हाम्रो संगठन नेपाली विधार्थि आन्दोलन आशाभरोसाको केन्द्र रहेको संगठन लाई एउटा नयाँ राजनीतिक संगठनिक कोर्स मा नेताकार्यकर्ता मुखी बनाउनेतर्फ हाम्रो मुख्य ध्यानाकषिर्त हुनुपर्ने ठाँउमा कम्युनिस्ट विचार लेलिनवादी संगठणिक सिद्धान्त माओ विचार र आचरणलाई प्रयोग गरेकै छौं ।मुख्य गरि नेपाली जनताको मुक्ति आन्दोलन र राज्य व्यवस्था विरुद्ध आफ्नो सैन्य फर्माइस निर्माण गरेर दीर्घकालीन जनयुद्ध लडेको महान तथा गौरव शाली इतिहास बोकेको माओवादी पार्टीको जीवनमा एउटा ठुलो हलचल पैदा भएको छ ।

एकतर्फी माओवादी पार्टीको नेतृत्व विरुद्ध नकारात्मक विचार ले प्रहार भएको बेला र लोकतान्त्रिक पद्धति को विकल्प छैन भने गलत भास्य निर्माण बेला राम्रोसँग यो निर्वाचन प्रक्रिया ले माओवादी आन्दोलनमा लागेका सबै खाले आरोप खारेज भएका छन् संगै नेपाली बुद्धिजीवी मिडियाकर्मी लाई थप सोच्ने र नयाँ ठाँउ देखि धारण निर्माण गर्ने परिस्थिति लेदिएको छ!आज हामी क्रान्तिकारी विधार्थी आन्दोलन र नेपाली विधार्थी आन्दोलन माथी अनेकौं गम्भीर प्रश्न उठेको बेला हाम्रो गौरवशाली संगठनको राष्ट्रिय दुई कार्यभार सप्पन्न गर्दै छौं निकै वैचारिक र गम्भीर विवादका विच अन्तत एउटा विधि पद्धति संगठनिक नेतृत्व चयन प्रक्रियामा छौं यतिबेला प्रतिनिधि कमरेडहरुको निर्णय लाई पर्यवेक्षक तथा शुभचिन्तक देशीविदेशी विभिन्न मित्र संगठन राजनीति पार्टीहरुले नजिकै बाट नियालिरहेका छन्

हाम्रो वैचारिक पक्षहरु नेपालको शिक्षा प्रणाली ,आधुनिक जनशक्ति उत्पादन रोजगार संग सम्बन्धित र जनताका जनजिविका राष्टियता को सवल , र वर्तमान राज्य प्रणाली , संघीय शाशन सेवा प्रणाली ,वैदेशिक राजनीति दृस्ठिकोण बारेमा थुपै्र छुटेका छन् तर विधार्थी आन्दोलन भित्र नयाँ राजनीति बहस स्थपित भएको छ संगठनिक पद्धति लाई नयाँ पुस्ताको रोजाइ अनुसार निर्णय गरेका छौं राजनीति प्रति अनि नकारात्मक दृस्ठिकोण भएको बेला हाम्रो संगको उमेर हद ३२ वर्ष भन्दा मनि भएका विधार्थी नेता नेतृत्व गर्ने कुरा महत्त्वपूर्ण मात्रै आकर्षणको केन्द्र हुनेछ छ

अब यो अवसर लाई सहि तरिकाबाट नेतृत्व गर्दै संगठनलाई अगाडि लिनु पर्ने आजको आवश्यकता छ र नयाँ निर्वाचित नेतृत्व लाई विशेष अवसर प्राप्त भएको छ। यो नयाँ राजनीति संगठनिक प्रयोगले आशा जगाएको छ हाम्रो उदेश्य नेपाली विधार्थी आन्दोलन लाई नयाँ बाटोमा मार्गनिर्देशन गर्दै विधार्थिहरुको समस्या र जनताका अधिकारको पक्षमा सशक्त प्रतिपक्षी भुमिका निर्वाह गर्ने प्रतिनिधि कमरेडहरुले नेतृत्व छनौट गर्नु हुनेछ यो अवसर लाई विवेकपुर्न नेतृत्व छनौट गर्न सकिएन भने क्रान्तिकारी विधार्थी आन्दोलनले सहि विचार सहि दिशा लिन सक्दैन हामी यो अवसर लाई पुजी बदलौ र संगठन लाई क्रान्तिकारी रूपान्तर गरौं यही बिच बाट वैचारिक र संगठनिक कार्यभार लाई थप व्यबस्थित बनौं ।

अधिकारी ,अनेरास्ववियु (क्रान्तिकारी) का नेता हुन ।